२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अछाममा मोटरपुल, स्थानीय खुशी

अ+ अ-

अछाम । अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन जोडने कैलाश नदीको सेरी मोटरपुल औपचारिकरुपमा सञ्चालनमा आएको छ ।

तत्कालीन जिल्ला विकास समितिमार्फत निर्माण सम्पन्न भएको तर सञ्चालनमा आउन नसकेको पुलको अधुरो काम स्थानीय तहले सम्पन्न गरेसँगै सञ्चालनमा आएको हो ।

पुल सञ्चालनमा आएपछि स्थानीयवासीले हर्षबढाइसँगै खुशियाली मनाएका छन् भने पुलको औपचारिक उद्घाटन पनि गरिएको छ । ४५ मिटर लामो पुल निर्माण सकिएको तीन वर्षपछि पुलको वारीपारी छेउमा रहेको सडक तथा पुलको पखेटा निर्माण भएपछि पुल सञ्चालनमा आएको र स्थानीय नागरिकलाई खुशीको अनुभूति भएको स्थानीय चन्द्र भण्डारीले बताए ।

यसअघि पुल हेर्नलाई पनि सिढी चढ्नुपर्ने अवस्था रहेको थियो । पुल सञ्चालनमा ल्याउनका लागि रामारोशन गाउँपालिकाले १० लाख, मंगलसेन नगरपालिकाले १० लाख र बान्नीगढी जयगढ गाउँपालिकाले पाँच लाख तथा जिल्ला समन्वय समितिले २० लाख गरी ४५ लाख लगानी गरेको रामारोशन गाउँपालिका अध्यक्ष झंकर साउद भास्करले बताए ।

यसअघि तत्कालीन जिल्ला विकास समितिमार्फत पुल निर्माणका लागि दुई करोड ८९ लाख खर्च भएको थियो । पुल सञ्चालनमा आएसंगै रामारोशन क्षेत्रका २० औँ हजार नागरिक र मंगलसेन तथा बान्नीगढीका स्थानीय तथा रामारोशन घुम्न आउने पर्यटकलाई समेत निकै सहज भएको छ ।

पुल नहुदा वर्षायाममा ज्यान जोखिममा राखेर नदी तर्नुपर्ने अवस्था अन्त्य भएको र उपभोग्य सामानको ढुवानीमा पनि निकै सहज हुने स्थानीय दिनेशप्रसाद रेग्मीले बताए ।
अब पर्यटकीय क्षेत्र रामारोशन जाने सडकको स्तरोन्नतिका लागि जोड दिइने बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस