जागिरभन्दा उद्यमशीलतामा जोड दिउँ : अध्यक्ष तिमिल्सिना « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

जागिरभन्दा उद्यमशीलतामा जोड दिउँ : अध्यक्ष तिमिल्सिना


१० असार २०७५, आइतबार


काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले शिक्षित जनशक्तिले ‘जागिरे’ मानसिकता परिवर्तन गरी उद्यमशील बन्नुपर्ने बताएका छन् ।

सानोठिमीस्थित एसओएस हर्मन माइनर विद्यालयले ३२ औं एसओएस दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले पढेपछि डाक्टर, इन्जिनियर बन्नुपर्ने तथा जागिर खानुपर्छ भन्ने सोचको अन्त्य हुन जरुरी रहेको बताए ।

“अध्ययनपछि जागिर गर्नुपर्छ वा राम्रो विद्यार्थीले डाक्टर वा इन्जिनियर नै बन्नुपर्छ भन्ने नेपाली समाजको मानसिकता परिवर्तन हुन जरुरी छ । जागिर गर्दा कुनै व्यक्तिले आफ्नो परिवार मात्रै पाल्न सक्छ । तर, उद्यमी बन्यो भने अन्य धेरैलाई रोजगारी दिन सक्छ,” उनले भने, “देशको समृद्धी र विकासको लागि पनि उद्यमशील जनशक्ति आवश्यक छ । त्यसतर्फ हाम्रो सरकार र शिक्षण संस्थाको ध्यान जानुपर्छ ।”

विद्यालय र अभिभावकले आफ्नो विद्यार्थीलाई उत्कृष्ट नजितालाई मात्रै सफलता नठानी उनीहरुले अध्ययनपछि गरिरहेको कामको सफलता पनि हेर्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए । रासस

प्रतिक्रिया दिनुहोस