२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रानीपोखरीका कङ्क्रिट एक साताभित्र हटाइने

अ+ अ-

काठमाडौं। रानीपोखरी पुनःनिर्माणका क्रममा यसअघि प्रयोग भएका कङ्क्रिट एक साताभित्र हटाइने भएको छ ।

विगत १० दिनदेखि शुरु गरेको उक्त कार्य अबको एक हप्ताभित्र सम्पन्न गरी पुनःनिर्माणका लागि बोलपत्र आह्वान गर्ने र निर्माण कम्पनीलाई जिम्मा दिइसक्ने जानकारी काठमाडौं महानगरपालिकाले दिएको छ ।

भूकम्प जानुअघि जस्तो अवस्थामा रानीपोखरी रहेको थियो सोहीअनुरुप पुनःनिर्माणको काम सम्पन्न गरिने कामपाका इन्जिनियर राम थापाले बताए ।

अठार महिनादेखि निर्माण कार्य भइरहेको रानीपोखरीमा आधुनिक निर्माण सामग्री प्रयोग भएको चौतर्फी विरोध आएपछि विगतमा निर्माणका क्रममा प्रयोग भएका आधुनिक निर्माणका सामग्री हटाउन लागिएको हो ।

यसअघि कामपाले जेठ १५ गतेदेखि पुनःनिर्माण शुरु गर्ने भनिए पनि हालसम्म पुनःनिर्माण हुन सकेको छैन । वि.सं. २०७२ को भूकम्पबाट रानीपोखरी र पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा पनि क्षति पुगेको थियो ।

गत पुस १३ गते पुनःनिर्माणका लागि गठन गरिएको विज्ञ समूहले प्रतिवेदन बुझाउने क्रममा प्रताप मल्लकालीन शैलीमा निर्माण गर्न कुनै समस्या नहुने भन्दै सोहीअनुरुप निर्माण गर्न सुझाव दिएका थिए ।

प्रताप मल्लले आफ्ना छोरा चक्रबर्तिन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । यो पोखरीको निर्माण कार्य करीब पाँच वर्षभित्र सम्पन्न अर्थात् नेसं ७८९ (वि.सं. १७२५) मा भएको थियो र नेसं ७९० (वि.सं. १७२७/इसं १६७०) मा शिलापत्र राखिएको थियो । जसलाई नेपाल संवत् ८११ इसं १६११) मा न्हुरपुखुर (न्हुपुखु) अर्थात नयाँ पोखरी भनिएको छ ।

बालगोपालेश्वर मन्दिरको स्वरुप ग्रन्थकूट शैलीको थियो । यसको प्रमाण हाल मन्दिरको चारैतर्फको प्रवेशद्वारमा राखिएको ढुंगाद्वारा निर्मित संघारले पनि पुष्टि गर्छ । उक्त कुरा प्राप्त पुरानो मन्दिरको शैलीको स्केचबाट पनि प्रष्ट हुन्छ ।

पोखरीको चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको पाइन्छ । जसमध्ये उत्तर–पश्चिम कुनामा शक्तिसहितको भैरवको मन्दिर, उत्तर–पूर्व कुनामा भैरवको मन्दिर, दक्षिण–पूर्व कुनामा देवीको मन्दिर र दक्षिण–पश्चिममा सोह्रहाते गणेश स्थापना गरेको देखिन्छ । रानीपोखरीको लम्बाइ १८० मिटर र चौडाइ १४० मिटर ओगटेको छ ।

रोकिएको काम शुरु गर्न गत चैत २२ गते संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालबीच भएको छलफलले आधुनिक निर्माणको सामग्री हटाउने निर्णय गरेको थियो ।

पुनःनिर्माणमा स्थानीयवासीको चासो

यसैबीच स्थानीय बासिन्दाले पनि रानीपोखरीलाई मल्लकालीन शैलीमा नै निर्माण गरिनुपर्नेमा चासो देखाएका छन् ।

गत मंगलबार उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) लाई, सम्पदा बचाऊ अभियानमा आबद्ध युवाको समूहले भेटेर रानीपोखरीलाई मल्लकालीन शैलीमा पुनःनिर्माण गरिदिन आग्रह गर्दै प्रतिवेदन बुझाएका छन् ।

प्रतिवेदन बुझ्ने क्रममा उपप्रमुख श्रेष्ठले रानीपोखरी पुनःनिर्माणका विषयमा महानगरभित्र दुई मत छैन, सबैको ध्यान यसको प्राचीनता बचाउनमा केन्द्रित छ, यसमा स्थानीय र अन्य सरोकारवाला निकायको सकारात्मक सहयोगको खाँचो पर्दछ ।

अभियानलाई नेतृत्व गरिरहेका आलोकसिद्धि तुलाधर र गणपतिलाल श्रेष्ठ नेतृत्वको समूहले, काठमाडौंका ४४ भन्दा बढी पर्व र ५१ बढी तीर्थस्थलको गरिमा बचाइदिन आग्रह गरेको थियो ।

काठमाडौंका पूर्व पानी, कुण्ड, पोखरी, तालतलैयासँग अन्तरसम्बन्धित छन् । तीमध्येको रानीपोखरी पनि एक हो । पुरातत्व विभागले दोहोरो कुरा ग¥यो, रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरलाई मल्लकालीन शैलीमा बनाउने विषयमा स्थानीयवासी सहमत छन् ।

पुरातत्व विभाग भने राणाकालीन शैलीको कुरा गरिरहेको छ । त्यसैले स्थानीयवासीको भावनाको कदर गर्ने कुरामा महानगरको नेतृत्व गर्ने यहाँले बताए ।

अभियानका अगुवा तुलाधरले भने, “महानगरले गठन गरेको विज्ञ समूहको समितिले मन्दिर मल्लकालीन शैलीमा बनाउन सकिने राय दिइसकेको छ, सोही रायका आधारमा महानगरले निर्णय लिनुपर्छ ।”

यस क्षेत्रका आधुनिक संरचना हटाएर, प्राचीन झल्को दिने स्वरुपमा रुपान्तरण गर्न पनि प्रतिवेदनमार्फत कामपालाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस