२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुर्घटना न्यूनीकरण अभियान, टाइम कार्ड लागू

अ+ अ-

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको मनोहरा पुलदेखि साँगासम्म व्यापकरुपमा दुर्घटना बढेपछि दुर्घटना न्यूनीकरण अभियान शुरु भएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरले दुर्घटना न्यूनीकरण अभियान शुरु गर्दै सार्वजनिक एवं मालबाहक सवारीसाधनका हकमा मंगलबारदेखि टाइम कार्ड लागू गरेको छ ।

प्रहरीले मनोहरा पुलदेखि साँगासम्म सात स्थानमा प्रहरीको समूह नै परिचालन गरी सवारीसाधनको गति नाप्ने, पैदलयात्रुलाई जेब्रा क्रसिङबाट मात्रै बाटो काट्न सिकाउने, सार्वजनिक सवारी साधनलाई बस स्टपमा मात्रै रोक्न लगाउने, सडक लेनको अनिवार्य पालना गर्न लगाउनेजस्ता कार्य गर्दै अभियान सञ्चालन गरिएको हो ।

प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले छ लेन सडक र साँगासम्मको सडक दुर्घटनाको दृष्टिकोणले ज्यादै जोखिमपूर्ण भएकाले यो सडकमा दुर्घटना न्यूनीकरणका लागि १० दिने अभियान शुरु गरेको जानकारी दिए ।

उनले भने– “अभियानकै लागि सात ठाउँमा प्रहरी परिचालन गरेर अभियान शुरु गरेका छौँ, अभियानमा खटिएका प्रहरीले पर्चा बाँड्ने, सवारी चालकदेखि पैदलयात्रुसम्मलाई परामर्श दिने, बस स्टपमा नरोक्ने, जथाभावी सवारी हाक्ने, तीव्रगतिमा सवारी चलाउने, लेन पालना नगर्ने सवारीसाधनलाई तत्कालै कारबाहीस्वरुप जरिवाना लगाउने कार्य भएको छ ।”

अभियान सञ्चालन गर्नु अघि यातायात व्यवसायीसँग दुर्घटना न्यूनीकरणकाबारेमा छलफल भएको र व्यवसायीलाई जानकारी दिएरै अभियान सञ्चालनसँगै कारबाही अगाडि बढाएको उनले जानकारी दिए ।

दुर्घटना बढेपछि प्रहरीले साँगादेखि भक्तपुर आउँदा र जाँदा टाइम कार्ड लागू गरेको छ । टिपरको ठक्करबाट एकैपटक तीन जनाको ज्यान गएपछि प्रहरीले सोही दिनदेखि टाइम कार्ड लागू गरेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

उनले भने– “साँगाबाट भक्तपुरतर्फ आउँदा र जाँदा सार्वजनिक तथा मालबाहक सवारीसाधनलाई टाइम कार्ड लगाएका छौँ, निर्धारित टाइमभन्दा बढी गतिमा हाँके सवारी चालकलाई कारबाही गर्छौं, यसले पनि तीव्रगतिका कारण हुने दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउँछ ।”

प्रहरीले सडक दुर्घटनाको अर्को कारणका रुपमा देखिएको छाडा गाईबस्तु हटाउन सम्बन्धित नगरपालिकालाई अनुरोध गरेको बताउँदै नगरपालिकाले त्यसतर्फ चासो नदिएकाले प्रहरी आफैँले हटाउने तयारी गरिएको श्रेष्ठले जानकारी दिए । रासस