लुटपाट घटनाका पाँच आरोपी पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

लुटपाट घटनाका पाँच आरोपी पक्राउ


४ असार २०७५, सोमबार


काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौँले विभिन्न सामान लुटपाट गरेर फरार रहेका ६ जना अभियुक्तलाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा म्याग्दीका दीपक आचार्य, काठमाडौंका शिवबहादुर बस्ताकोटी, लमजुङका माधवप्रसाद न्यौपाने, स्याङ्जाका कृष्णराज पुरी, चन्द्रकान्त पुरी र रुकुमका गोविन्द मल्ल रहेका छन् ।

असार २ गते म्याग्दीबाट ४५ किलोग्राम जंगली जडीबुटी, ६ लाख नगद, दुई तोलाको सुनको औँठी र तीन तोलाको सुनको सिक्री लुटेर फरार भएका उनीहरुलाई काठमाण्डौंबाट पक्राउ गरेको हो ।

उनीहरुबाट जंगली जडीबुटी ४५ केजी र लु३१प ४७८ नं.को मोटरसाइकलसमेत बरामद गरेको परिसरका प्रवक्ता मोहनकुमार थापाले जानकारी दिए ।

उक्त घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस