प्रहरी र विद्यार्थिद्वारा १५ रोपनीका गाजा नष्ट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

प्रहरी र विद्यार्थिद्वारा १५ रोपनीका गाजा नष्ट


४ असार २०७५, सोमबार


डोटी । डोटीमा शिक्षक, विद्यार्थि तथा नेपाल प्रहरीको संयुक्त पहलमा करीब १५ रोपनी क्षेत्रफलमा रहेको गाजा नष्ट गरिएको छ ।

जिल्लाको जोरायल गाउपालिकास्थित लक्ष्मिनगर, चनकट्टे तथा सरस्वतीनगर क्षेत्रमा उम्रिएको गाजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक बिद्यानन्द माझीले बताए । बाझो जमिन र खेतीवारीमा उम्रिएको उक्त गाजाका पारखीहरु दिनानु दिन बढ्न थालेको खबर आएपछि प्रहरीले गाजा नष्ट गर्न थालेको हो ।

जोरायल गाउँपालिका शिक्षा इकाई, इलाका प्रहरी कार्यालय जोरायल, जगदम्बा आधारभुत बिद्यालय काफलीका शिक्षक तथा बिद्यार्थीहरुको संयुक्त प्रयासले सोमबारदेखी गाजा नष्ट गर्न थालिएको इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख प्रहरी नायब निरिक्षक सुरज खड्काले बताए । उक्त टोलीले अन्य क्षेत्रमा उम्रिएको गाजा पनि नष्ट गर्ने भएको छ ।

डोटी जिल्लामा गाजाको खेती नगरिने भएपनि गाजा खेतमा बर्षेनी आफै उम्रिने गरेको स्थानिय शिक्षक बिजयप्रकाश मल्लले बताए । प्रहरीले पछील्लो समयमा डोटीमा गाजा खाने तथा बेच बिखन गर्ने, मदिरा सेवन गरी होहल्ला गर्ने, कालाबजारी गर्नेलाई कडा कार्वाही गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस