१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२१ सहसचिवको सरुवा

अ+ अ-

काठमाडौँ । सरकारले आइतबार २१ जना सहसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलका अनुशार एक नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सचिवका रुपमा रहेका सहसचिव सन्तोष श्रेष्ठलाई मन्त्रालयको अतिरिक्त समुहमा सरुवा गरेको छ भने प्रदेश १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका यज्ञबहादुर खत्रीलाई मुख्यमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ ।

त्यस्तै निर्वाचन आयोगका गंगाराम गेलाललाई १ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, २ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव विष्णु केसीलाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुह, २ नम्बर प्रदेशकै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव देवीराम भण्डारीलाई सोही प्रदेशको सामाजिक विकास मन्त्रालयको सचिवमा सरुवा गरिएको छ ।

त्यसैगरी २ नम्बर प्रदेशका सामाजिक विकास मन्त्रालयका डा. किरण रुपाखेतीलाई सोही प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय, प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुन मन्त्रालयका बलदेवप्रसाद जोशीलाई १ नम्बर प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरुवा गरिएको छ । अतिरिक्त समुहमा रहेका जगदीश रेग्मीलाई २ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सरुवा भएका छन् ।

सामाजिक कोषको सचिवालयमाका राजकुमार श्रेष्ठलाई ३ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, ७ नम्बर प्रदेशको आन्तरिक मामिला मन्त्रालयका पिताम्बर घिमिरेलाई सोही प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा सरुवा गरिएको छ ।

मन्त्रालयको अतिरिक्त समुहमा रहेका शंकर अर्याल ७ नम्बर प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र अतिरिक्तमा रहेका श्याम अधिकारी सामाजिक कोषको सचिवालयमा सरुवा भएका छन् ।

प्रदेशसभाका मानबहादुर बिके ४ नम्बर प्रदेशको आन्तरिक मामिला मन्त्रालयमा सरुवामा सरुवा भएका छन् भने सोही प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रेम भट्टराई ५ नम्बर प्रदेशको प्रदेशसभा सचिवालयमा सरुवा गरिएको छ ।

त्यसैगरी ३ नम्बर प्रदेशको आर्थिक मामिला मन्त्रालयका बशन्त अधिकारीलाई ५ नम्बर प्रदेशको मुख्यमन्त्रीको कार्यालय, सोही प्रदेशका भूमी व्यवस्था, कृषी र सहकारी मन्त्रालयमा रहेका वंशी शर्मालाई २ नम्बर प्रदेशको भूमी व्यवस्था, कृषी र सहकारी मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यस्तै अतिरिक्त समुहमा रहेका केवल भण्डारी ३ नम्बर प्रदेशको आर्थिक मामिला मन्त्रालयमा सरुवा भएका छन् भने २ नम्बर प्रदेशको भूमी व्यवस्था, कृषी र सहकारी मन्त्रालयमा रहेका विजयचन्द्र झा ३ नम्बर प्रदेशको भूमी व्यवस्था, कृषी र सहकारी मन्त्रालयमा सरुवा भएका छन् ।

त्यस्तै गृह मन्त्रालयका सहसचिव ऋषीराम तिवारीलाई सूचना प्रविधि र सञ्चार मन्त्रालय, वन तथा वातावरण मन्त्रालयकी लक्ष्मीकुमारी बस्नेतको सरुवा राष्ट्रपतिको कार्यालय र सञ्चार मन्त्रालयका प्रेमकुमार श्रेष्ठ वेपत्ता छानबिन आयोगमा सरुवा गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस