१६ जुवाडे पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

१६ जुवाडे पक्राउ


३ असार २०७५, आइतबार


काठमाडौं । प्रहरीले तार्केश्वर नगरपालिका–५, मुड्खुस्थित ग्रिनपिस रिसोर्टमा जुवा (कौडा) खेलिरहेको अवस्थामा चार महिलासहित १६ जनालाई पक्राउ गरेको छ ।

जुवा खालबाट चार लाख ५२ हजार ६ सय ५० रूपैयाँ नगद, १६ थान कौडा र २१ थान मोबाइल सेट बरामद् गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

गोप्य सूचनाका आधारमा विशेष टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरू विभिन्न स्थानमा जुवा खेल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस