२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिंहदरवारका क्यान्टिन अव्यवस्थित र फोहोर

अ+ अ-

काठमाडौं । रेस्टुराँ वा क्यान्टिनमा खाजा खान जाँदा तपाईँको पहिलो सर्त के हो ? पक्कै पनि व्यवस्थित र सफा होस् भन्ने नै चाहानुहुन्छ । तर, मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारका क्यान्टिनको अवस्था भने ठीक उल्टो छ । यहाँका क्यान्टिन न सफा छन् न त व्यवस्थित नै ।

पटकपटक सञ्चालकलाई क्यान्टिन व्यवस्थित गर्न आग्रह गर्दा पनि अटेर गरिरहेको एक कर्मचारी बताउँछन् । ‘फोहोर छ भन्ने थाहा छ । तर, के गर्ने खाजा खानुपर्ने बाध्यता छ,’ ती कर्मचारीले भने, ‘बाहिर जान समय मिल्दैन ।’ यसतर्फ क्यान्टिन सञ्चालक, मन्त्रालय र सरोकारवालाले चासो नदिएको ती कर्मचारीले दुखेसो पोखे ।

सिंहदरवार परिसरमा हरेक मन्त्रालयले छुट्टाछुट्टै क्यान्टिन छन् । हरेकले क्यान्टिन सञ्चालनका लागि टेन्डर आह्वान गर्छन् । र, घटाघट प्रक्रियाबाट टेन्डर पास गर्छन् ।

सिंहदरवार परिसरका एक क्यान्टिन सञ्चालक ८८ लाख रूपैयाँको टेन्डर घटाघट प्रक्रियाबाट ३८ लाखमा पाएको बताउँछन् । ‘अनुमानित रकमभन्दा निकै कम मूल्य राखेर टेन्डर पार्नुपर्छ,’ उनी भन्छन्, ‘त्यसैले चाहेर पनि व्यवस्थित गर्न सकिएको छैन ।’

पछिल्लो अनुगमनमा सिंहदरवारका क्यान्टिन अव्यवस्थित देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक कर्मचारी बताउँछन् । विभागले २०७४ तिहारलगत्तै सिंहदरवारका क्यान्टिनको अनुगमन गरेको थियो । ‘अनुगमन गर्दा ३०–३२ क्यान्टिनमध्ये दुई–तीन मात्रै व्यवस्थित देखिए,’ ती कर्मचारीले भने, ‘अधिकांश क्यान्टिन अव्यवस्थित भएपछि सञ्चालकलाई खाद्य स्वच्छता तालिम दियौं ।’

त्यसयता अनुगमन गर्न नसकिएको उनले बताए । ‘खाद्य निरीक्षक कम हुँदा गुणस्तर र क्वालिटी कन्ट्रोल गर्न समस्या छ ।’ क्यान्टिन व्यवस्थित गर्न मन्त्रालयले पनि चासो दिनुपर्ने ती कर्मचारीको भनाइ छ ।

विभागले होटल, क्यान्टिन र रेस्टुराँलाई चार भागमा स्तरीकरण गरेको छ– अति उत्तम, उत्तम, मध्यम र सामान्य । विभागले अत्ति उत्तमलाई हरियोमा तीन तारा, उत्तमलाई हरियोमा दुई तारा, मध्यमलाई हरियोमा एक तारा र सामान्यलाई पहेँलो स्टिकर दिने गरेको छ । ‘पहेँलो पाउनु भनेको नै कारबाही हो,’ उनले भने ।

क्यान्टिन व्यवस्थित नहुँदा कर्मचारीको स्वास्थ्य जोखिममा छ । अव्यवस्थित र फोहोर ठाउँमा खाना खाँदा त्यसले स्वास्थ्यमा प्रतिकूल असर गर्ने डाक्टरहरू बताउँछन् ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोद कुँवर क्यान्टिन व्यवस्थित गर्न सञ्चालकलाई निर्देशन दिइसकेको बताउँछन् ।

क्यान्टिन सरसफाइ मानव स्वास्थ्यसँग जोडिएको छ । यसमा अलिकति हेलचेक्रयाइ गर्ने हो भने विभिन्न रोग संक्रमणको खतरा बढ्छ । तसर्थ यसलाई व्यवस्थित र सफा गर्न सरोकारवालाको ध्यान जानु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस