सांसदका लागि ६४ करोडको आयोजना « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सांसदका लागि ६४ करोडको आयोजना


३१ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । संघीय संसद सचिवालयले युएनडीपीसँग परियोजना सम्झौता गरेको छ ।

संसदले दातासंग आर्थिक सहयोग लिने विषय बहसमै रहेको बेला सचिवालयले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)सँग सम्झौता गरेको हो ।

सम्झौता पत्रअनुसार २०७५ बैशाख १० देखि २०७८ पुस १६ सम्मका लागि ५९ लाख १५ हजार अमेरिकी डलर (करिब ६४ करोड रुपैंयाँ) बराबरको आर्थिक सहयोग लिने सम्झौता भएको हो ।

संझौतामा संसद सचिवालयका महासचिव मनोहर भट्टराइ र युएनडिपीका कन्ट्री डाइरेक्टर रेनड मायरले हस्ताक्षर गरेको स्रोतले बतायो ।

उक्त सम्झौता सन् २००८ देखि निरन्तर रहँदै आएको युएनडिपीको पार्लियामेन्ट्री सपोर्ट प्रोजेक्टकै निरन्तरता हो ।

दाताहरुसँग जथाभावी सहयोग लिएको विषयमा सभामै आवाज उठिरहँदा गोप्यरुपमा गरिएको उक्त सम्झौता संघीय तथा प्रादेशिक संसद र संघीय र प्रदेशसभा सचिवालयहरुको क्षमता अभिबृद्धि, महिला तथा पीछडिएका सांसदको क्षमता अभिवृद्धि र संसदलाई नागरिकप्रति जिम्मेवार तथा संवादमुलक बनाउने प्रयोजनका लागि भनिएको छ उच्च स्रोतले भन्यो ।

Tags :
प्रतिक्रिया दिनुहोस