२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देउडामा उदाउँदै ‘लालबहादुर’

अ+ अ-

भीमदत्तनगर । ‘चैत काफल झड्डो, फागुन असिनो पड्डो’
‘यो अछामी बड्डो, आइगयो बड्डीका खोज’
‘खेत कुन्या नाई, धान काट्याका निन हाल्याका खेत कुन्या नाई’
‘देश दुनिया नाई यो जोवन सम्हाली सक्ना, देश दुनिया नाई’

माथि उल्लेखित देउडा गीत गाएर सुदूरपश्चिम र मध्यपश्चिममै चर्चाका पात्र बन्नुभएका देउडा गायक लालबहादुर धामी यतिबेला गीत संगितको संसारमा व्यस्त छन् ।

कञ्चनपुरका स्थानीय रेडियोमा विभिन्न सांगितिक कार्यक्रम सञ्चालन गर्नुअघि खासै चर्चामा नएका देउडा गायक धामी पछिल्लो समय सुदूरपश्चिममा देउडा गायनको क्षेत्रमा उदाएका छन् । उनी देउडा गीतको खम्बा बनिसकेका छन् ।

गायक धामी रेडियो कञ्चनपुरमा काम गर्दैगर्दा ‘अछामी बड्डो’ को नामबाट दर्शक÷स्रोता माझ चिनिएका थिए । देउडा गायक तथा हास्य कलाकार धामीले भने, “विगत दुई वर्षयता एकदमै व्यस्त छु ।”

प्रदेश नं सातमा धेरै प्रतिभा जन्मिए पनि काठमाडौंमा बसेर मात्रै चर्चित भइन्छ भन्ने मान्यतालाई गायक धामीले तोडेका छन् । “मैले सुदूरपश्चिममै बसेर देउडा गीत संस्कृति चिनाउन प्रयास गर्दैआएको छु, देउडालाई युवा पुस्तामाझ बढी प्रख्यात बनाउने काममा लागेको छु,” उनले भने ।

प्रदेश नं ७ र कर्णाली प्रदेशमा आयोजना गरिने मेला÷महोत्सव उनी छुटाउदैनन् । “एक सयभन्दा बढी मेला/महोत्सवमा आफ्नो प्रस्तुती प्रस्तुत गरिसकेँ,” धामीले भने, “अब चिचिन काठमाडौं धाउने दिन गए ।”

वि।सं। २०५५ देखि देउडा गायनमा सक्रिय धामीले पहिलो पटक ‘माया जाल लाउ कि त’ नामक एल्बम बजारमा ल्याएका थिए । सत्र वर्षकै उमेरदेखि पहाडी जिल्ला अछामबाट सांगीतिक यात्रा थालेका धामी पछिल्लो समय कञ्चनपुरको भीमदत्तनगरलाई आफ्नो कर्मथलो बनाउँदै आएका छन् ।

स्नातकोत्तर तहसम्म अध्ययन गरेका गायक धामीले एकपछि अर्को देउडा गीत बजारमा ल्याउन थालेपछि हरेक मेला÷महोत्सवमा उनी सबैका प्रिय गायक बनेका हुन् ।

“पाका पुस्ताबाट बढी हौँसला पाउने गरेको छुँ,” उनले भने, “अछामी बड्डो भन्दै गर्दा बुढो मान्छे होला भनेर सम्झिन्छन्, प्रत्यक्ष देख्दा छक्क पर्छन ।” छत्तीस वर्षीय धामीले हालसम्म २५० भन्दा बढी देउडा गीत गाएका छन् ।

उनको ‘अछामी बड्डो’ बोलको गीत सबैभन्दा बढी लोकप्रिय बनेको छ । पछिल्लो समय देउडामा मौलिकता जीवन्त रहने गरी डिजे -यापसमेत उनले मिसाउन थालेका छन् ।

‘ठाडी भाका गाए मैले देउडा गीत गाए,
आजभोलिका तन्नेरीलाई डिजे गीत ल्याँया’
‘स्कूल पन पढ्या हजुर, क्याम्पस पढ्या’
‘जागिर सागिर नपाएर म त्यत्तिकै सड्या’

यो गीतले पनि पछिल्लो समय निकै धामीले निकै चर्चा पाएका छन् । देउडा गीत काठमाडौंको ठमेलमा छायांकन भएकाले युवा पुस्ताले निकै मन पराएको धामीको भनाइ छ । धामी मात्रै होइनन्, देउडा गीत गुन्गुनाएर यहाँका युवा पुस्ताका धेरै कलाकार सांगीतिक क्षेत्रमा जम्न थालेका छन् ।

“देउवाले पाका पुस्ता र युवा पुस्तालाई झुमाएकै कारण हाम्रा गीत एकपछि अर्को चर्चित बन्दै गएका हुन्”, धामीले भने, “पुनः विशुद्ध देउडा गीत काठमाडौंमा छायांकन गर्ने तयारीमा छुँ ।”

उनी पहिलो पटक गीत रेकर्ड गराउन जाँदा तीन पटकसम्म स्टुडियोबाट बाहिरिए । “संघर्ष गरिरहे सफल भइँदोरैछ,” धामीले भने, “मलाई सांगीतिक क्षेत्रमा ल्याउन गुरु कोही थिएनन् ।” गीत गाउँदै जाँदा धेरै सहयोगीको साथ पाएको उनी बताउछन् ।

रेडियो पत्रकारितालाई देउडा गीतसँगै लगेकाका धामीले विगतको संघर्षलाई बिसेका छैनन् । “जहाँ पुगे पनि विगत बिर्सनु हुँदैन”, उनले भने, “अध्ययनसँगै गायनलाई अघि बढाउँदा मैले भोगेको कष्ट अहिले शब्दमा व्यक्त गर्न सक्दिन ।”

पछिल्लो समय देउडा गीतका लागि विभिन्न स्थलमा छायांकनका लागि बूढाबूढी हौँसिएर देउडा खेल्न आउने गरेका छन् । पछिल्लो समय प्रदेश नं ७ का विभिन्न जिल्लासँगै भारतको मुम्बई, दिल्ली लगायतका शहरमा समेत उनले सांगीतिक प्रस्तुति दिँदै आएका छन् । गायक धामी गीत गएरै आफ्नो खर्च चलेको बताउछन्।

उनले भने, “अहिलेसम्म कलाकारिताबाटै बाँचेको छु ।”

महोत्सवसँगै अन्य कार्यक्रममा समेत गायक धामीको खोजी हुन थालेको छ । “कारागारका कैदीबन्दीसम्मले मलाई फोन गरेर देउडा गाउन र खेल्न आग्रह गर्ने गरेका छन्,” देउडा गायक धामीले भने, “देउडालाई युवा पुस्ताले रुचाउनु मेरा लागि सबैभन्दा सुखद कुरा हो ।”

प्रतिक्रिया दिनुहोस