मुल्य बृद्धि विरुद्ध संयुक्त विद्यार्थी संगठनहरु सडकमा « प्रशासन
Logo ७ आश्विन २०७८, बिहिबार
   

मुल्य बृद्धि विरुद्ध संयुक्त विद्यार्थी संगठनहरु सडकमा


२९ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । चर्को मुल्य वृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनहरु सडकमा उत्रेका छन् ।

नेपाल सरकारले गरेको पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनहरुले खुल्ला सडक बहसको आयोजना गरेको हो ।

अनेरास्ववियू, अनेरास्ववियु छैठौं, नेबीसंघ, अनेरास्ववियु क्रान्तिकारी लगायत विद्यार्थी संगठनहरुको खुल्ला बहस चलेको छ ।

जनताको दैनिक जीवनलाई अस्तव्यस्त पार्ने गरी गरिएको मुल्य वृद्धि फिर्ता लिन माग गरेका छन् ।

पटक पटक गर्दै आएको मुल्य वृद्धिको विद्यार्थी संगठनहरुले घोर विरोध गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस