भारतमा हराइरहेका बालकको आठ महिनापछि उद्धार « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

भारतमा हराइरहेका बालकको आठ महिनापछि उद्धार


२९ जेष्ठ २०७५, मंगलबार


बालक बेपत्ता

रुकुम । आठ महिनादेखि भारतमा हराइरहेका एक रुकुमेली बालकको आज उद्धार गरिएको छ ।

रुकुम (पूर्व) को सिस्ने गाउँपालिका वडा नं ७ का ११ वर्षीय रवीन परियारको उद्धार गरी आफन्तको जिम्मा लगाइएको जिल्ला बालअधिकार अधिकृत मानवीर ओलीले जानकारी दिए । आफन्तसँग भागेर भारतको बहराइज पुगेका उनी त्यहाँ एक महिना होटलमा काम गरिरहेका थिए । होटेलमा काम गर्दा साहुले कुटपिट गरेपछि बेपत्ता भई हराएको भन्दै खोजी गरिदिन आफन्तले जिल्ला बाल कल्याण समितिमा निवेदन दिएका थिए ।

रवीनलाई भारतमा रहेको मेहाद संस्थाको सहयोगमा उद्धार गरेर आज आफन्तको जिम्मा लगाइएको बालअधिकार अधिकृत ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस