२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन सय सात ‘चोर’ पक्राउ

अ+ अ-

काठमाडौं । महानगरीय अपराध महाशाखाले चोरीमा संलग्न ३०७ अभियुक्तलाई पक्राउ गरेको छ ।

महाशाखाले यही जेठ १३ देखि आजसम्म सञ्चालन गरेको १५ दिने काठमाडौं उपत्यका चोरी नियन्त्रण विशेष अभियानअन्तर्गत विभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीले बताए । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा अपराह्न घरमा लगाइएको ताल्चा फोरेर ल्यापटप, सुन, चाँदी, नगदसमेत चोरी गर्नेलाई विशेष अभियानमार्फत उनीहरुलाई पक्राउ गरिएको जनाइएको छ । ‘उपत्यकाको चोरी नियन्त्रण गर्न बिहान १० देखि साँझ ६ बजेसम्म सादा पोशाकमा प्रहरी खटाई उक्त अभियान सञ्चालन गरेका हौँ’, उनले भने ।

सो अवस्थामा प्रहरीले १९ जनाबाट रु २९ हजार ७००, फलामको रड र साइकल दुई दुई थान, मोटरसाइकल र स्कुटर एक एक थान, ३०९ ग्राम चरेश, २१२ थान नुर्फिन, २१२ थान फेनार्गन, २८० थान नाइट्रेपाम, ५०० दरका भारतीय रुपैयाँ दुई हजार थान बरामद गरेको छ । पक्राउ परेकामध्ये ५३ जनालाई सार्वजनिक अपराधको मुद्दा चलाइएको र बाँकी २५४ जनालाई अनुसन्धानपछि छाडिएको महाशाखाले जनाएको छ । रासस