गोली प्रहारबाट गुण्डा नाइके अशोक लामा घाइते « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गोली प्रहारबाट गुण्डा नाइके अशोक लामा घाइते


२८ जेष्ठ २०७५, सोमबार


काठमाडौं– गोली प्रहारबाट गुण्डा नाइके अशोकलामा घाइते भएका छन् । काठमाडौंको युएन पार्कमा जवाफी कारबाही स्वरुप प्रहरीले गोली प्रहार गर्दा लामा घाइते भएका हुन् ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीमाथी आक्रमण प्रयास गरेपछि लामामाथि गोली प्रहार गरिएको अपराध महाशाखाका प्रमुखले बताए ।

गुण्डागर्दी गर्दै आएका लामाको साथबाट प्रहरीले एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको छ । लामाको दायाँ खुट्टाको माथिल्लो भागमा गोली लागेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस