२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘फ्रम इन्डियाज फ्रिडम टु नेपाल्स डेमोक्रेसी’ सार्वजनिक

अ+ अ-

काठमाडौं । पहिलो नेपाली फिल्म राजा हरिश्चन्द्रका निर्देशक तथा नेपाली कांग्रेसका संस्थापक डिबी परिहार (रियार)को संस्मरणमा आधारित पुस्तक ‘फ्रम इन्डियाज फ्रिडम टु नेपाल्स डेमोक्रेसी’ सार्वजनिक भएको छ । उक्त पुस्तक शनिबार काठमाडौंमा आयोजित पुस्तक प्रदर्शनीस्थलमा सार्वजनिक भएको हो ।

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, कांग्रेस केन्द्रीय सदस्य जीवन परियार, फिल्म निर्माता तथा निर्देशक यादव खरेल लगायतले पुस्तक सार्वजनिक गरेका हुन् ।

अध्येता शंकर तिवारीले सम्पादन तथा शिखा बुक्सले प्रकाशन गरेको पुस्तकमाथि टिप्पणी गर्दै कांग्रेस उपसभापति निधिले नेपाली कांग्रेसका साथीहरुले डिबी परियारलाई स्यालुट गर्नुपर्ने बताए । निधिले अगाडि थपे– कांग्रेस स्थापनापछि बनारस, कलकत्ता र दिल्लीमा च्याप्टर बनेको थियो । बनारसमा कृष्णप्रसाद भट्टराई हुनुहुन्थ्यो, कलकत्तामा डिबी परियार । अधिनायकवादप्रति र ब्रिटिस साम्राज्यवादप्रति विद्रोह गर्नुपर्छ र नेपाल–भारतले नै आजादी पाउनुपर्छ भन्ने विचारमा उहाँ सधैं अग्रसर हुनुहुन्थ्यो । सुवासचन्द्र बोस नजरबन्दमा छँदा ६ वर्षको उमेरमै रोटी पुर्याउने र चिठी आदानप्रदान गर्ने परियारको आँटी स्वभाव तथा परियारले नेपाल र भारतमा बिताएको राजनीतिक, सामाजिक जीवनका धेरै तथ्य पुस्तकले उजागर गरेको उनले बताए ।

यस्तै, फिल्म निर्माता तथा निर्देशक यादव खरेलले फिल्म राजा हरिश्चन्द्र नै पहिलो नेपाली फिल्म भएको प्रस्ट पार्दै आफू तत्कालीन शाही नेपाली चलचित्र संस्थानको अध्यक्ष हुँदा राजा हरिश्चन्द्र फिल्मबारे अध्ययन गर्दा डब गरेको नपाएको बताए । यसको पोस्टरमा डिबीको नाम नहुँदा कतिपयले उनको फिल्म नभएको र पछि नेपालीमा डबिङ गरेको पनि भन्ने गरेका छन् तर त्यस्तो होइन ।

अर्का वक्ता कांग्रेस केन्द्रीय सदस्य जीवन परियारले २००४ सालमै कलकत्ताबाट काठमाडौं आएर परियारले कांग्रेसको पर्चा छाडेको प्रसंगबाट पनि राणाशासन हटाउन उनी कति सक्रिय थिए भनेर पुष्टि हुने बताए ।

आफूले २००४ सालदेखि उनका समकालीन साथीहरुसँग कुरा गरेर सामग्री तयार गरेको भन्दै सम्पादक तिवारीले २०४१ फागुनमा सुरु गरी २०४२ बैशाखमा पूरा गरेर भोला चटर्जीलाई पठाएको लामो चिठीबाट पनि त्यसबेलाको निरासा, व्यावहारिक समस्यालाई चित्रण गरेको बताए । गान्धी दर्शन अध्ययनका लागि भारत गएका बेला चटर्जीलाई पढेपछि नै डिबी परियारसम्म पुगेको तिवारीले रचनागर्भ सुनाए ।

प्रतिक्रिया दिनुहोस