२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुधीर बस्नेतको रिहाइप्रति आपत्ति, पुनः गिरफ्तारीको माग

अ+ अ-

काठमाडौं । ओरेन्टल को–अपरेटिभ लिमिटेडका सञ्चालक सुधीर बस्नेतको रिहाइप्रति सहकारीपीडित महिला हकहित अधिकार संरक्षण समितिले आपत्ति जनाएको छ ।

महिला हकहित अधिकार संरक्षण समितिका अध्यक्ष कुन्तीदेवी पोखरेलले मुुलुकमा विधि र कानूनको शासन कायम गर्न बस्नेतको पुनः गिरफ्तारीको माग गरेकी छन् ।

सहकारी निक्षेप ठगी आरोपमा विसं २०७३ पुस १३ गते धापासीस्थित घरबाट पक्राउ परेका बस्नेतलाई अदालतले जेल सजाय सुनाएपछि डिल्लीबजार कारागारमासजाय भोगिरहेकामा गत साता धरौटीमा रिहा गरिएको थियो ।

आज आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष कुन्तीदेवी पोखरेलले करीब ११ हजारभन्दा बढी निक्षेपकर्ताको चार अर्ब बराबरको साँवा तथा ब्याज फिर्ता गर्न नसकेका सञ्चालक बस्नेतलाई गरिएको रिहाइले पीडितको भावनामा चोट पुगेको बताइन् ।

काठमाडौं महानगरपालिका–३३ मैतीदेवीमा प्रधान कार्यालय स्थापना गरेको उक्त कम्पनी वि.सं. २०५३ मा दर्ता भई देशको प्रमुख शहरहरुमा १३ वटा शाखा विस्तार गरेको थियो । कम्पनीले वित्तीय अनुशासन अवलम्बन नगरेका कारण आर्थिक असन्तुलन भएर वि.सं. २०६९ देखि संस्था बन्द थियो ।

समितिले गृहमन्त्री रामबहादुर थापालाई गत शुक्रबार भेट गरी सो विषयमा ओरेन्टल पीडितका तर्फबाट ध्यानाकर्षणसमेत गराएको थियो ।