आवश्यक तयारी नहुँदा विनियोजन विधेयकमाथिको छलफल स्थगित « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आवश्यक तयारी नहुँदा विनियोजन विधेयकमाथिको छलफल स्थगित


२७ जेष्ठ २०७५, आइतबार


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक—२०७५ को विभिन्न मन्त्रालयका विविध शीर्षकको छलफल स्थगित भएको छ ।

छलफलका लागि आवश्यक तयारी पूरा नभएको भन्दै सभामुख कृष्णबहादुर महराले आजको बैठकका लागि राखिएको विषयसूचीमा रहेका सम्पूर्ण विषय हटाएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गतका विभिन्न शीर्षकमा छलफल हुने कार्यसूची थियो ।

उक्त मन्त्रालयअन्तर्गत विभिन्न राजनीतिक दलका छजना सांसदले खर्च कटौतीका प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।

त्यस्तै, बैठकको विशेष समयमा सांसदले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । प्रतिनिधिसभाको अर्को बैठक सोमबार ११.०० बजे बस्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस