काममा ढिलाइ गरेको ठेकदार पक्राउ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काममा ढिलाइ गरेको ठेकदार पक्राउ


२३ जेष्ठ २०७५, बुधबार


सिन्धुपाल्चोक । तोकेको समयमा काम नसक्ने एक ठेकेदार पक्राउ परेका छन् । निर्माण व्यवसायी संघका पूर्व केन्द्रीय सदस्य भीमसेन भण्डारीलाई तोकेको समयमा काम नसकेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

लामोसाँघु जिरी सडक खण्ड लगायत सिन्धुपाल्चोकमा भएका विभिन्न निर्माण कार्यमा ढिलाइ गरेको आरोपमा उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

उनले निर्माण गरेको सडकखण्डको काम सन्तोज जनक नभएको भन्दै केन्द्र निर्देशन अनुसार नियन्त्रणमा लिइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस