गाउँसभाबाट पारित भए आठवटा विधेयक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गाउँसभाबाट पारित भए आठवटा विधेयक


२३ जेष्ठ २०७५, बुधबार


पर्वत । पर्वतको एक गाउँपालिकाले गाउँसभाबाट स्थानीय सरकार सञ्चालनसम्बन्धी विभिन्न विधेयक पारित गरेको छ ।

महाशिला गाउँपालिकामा सम्पन्न गाउँसभाबाट सर्वसम्मतरूपमा उक्त विधेयक पारित भएको कार्यपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।

गाउँ सभाले प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन—२०७५, कृषि व्यवसाय प्रवद्र्धन ऐन—२०७५, न्यायिक समितिले उजुरीको कारबाही किनार गर्दा अपनाउनुपर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक— २०७५, सहकारी ऐन—२०७५, स्थानीय शिक्षा ऐन—२०७५, पूर्वाधार व्यवस्थापन ऐन—२०७५, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक—२०७५ र स्थानीय स्वास्थ्य तथा सरसफाइ ऐन—२०७५ सर्वसम्मतरुपमा पारित गरेको हो ।

संविधानअनुसार स्थानीय तहले विभिन्न २२ वटा कानून बनाउनुपर्नेछ ।

यसअघि तोक आदेश र निर्देशनको आधारमा काम गर्नुपर्ने अवस्था थियो ।

स्थानीय सेवा ऐन—२०७५ पुनः छलफलका लागि पठाइने भएको  छ ।

प्रतिक्रिया दिनुहोस