२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई पक्राउ

अ+ अ-

नुवाकोट । सामाजिक सञ्जाल मार्फत चिठ्ठा परेको भन्दै नुवाकोटकी एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी घिमिरेलाई प्रहरीले ठगी मुद्दामा कारबाही शुरु गरेको छ ।

नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेबापत २५ लाखको चिठ्ठा परेको भन्दै त्यो रकम प्राप्त गर्न राजश्व शुल्क चाहिनेलगायतका बहानामा ती महिलालाई ठगी गर्ने ३४ वर्षका घिमिरेविरुद्ध सोमबार नुवाकोट जिल्ला अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

इमोमार्फत विजयकुमार भन्ने व्यक्तिले फोन र सन्देशमार्फत ठगी गर्ने गिरोहको सदस्य घिमिरेमाथि गरिएको अनुसन्धानको क्रममा थप अन्य व्यक्तिले पनि ठगी गरेको तथ्य भेट्टिने क्रम शुरु भएको छ । प्रहरी प्रमुख कुँवरले बताए, “सबैजसो बैंकमा खाता खोल्ने र नेपालदेखि भारतसम्म नै सञ्जाल रहेकाले अनुसन्धानको दायरामा धेरैको संलग्नता देखिएको छ ।”

उनका अनुसार पक्राउ परेका घिमिरेको बयानको आधारमा प्रहरीले काठमाडौं महानगरपालिका–२१ का अमिर शाक्यलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको छ ।

उनीहरु पक्राउ परेको जानकारी पाएपछि पीडितबाट उजुरी संकलन शुरु गर्ने क्रममा पोखराका अस्मी गुरुङले ‘आफू पनि ठगिएको’ भन्दै उजुरी दिएको प्रहरीले जनाएको छ ।

नेपाल टेलिकमको सिमकार्ड प्रयोग गरेबापत चिठ्ठा परेको भन्दै इमोमार्फत यसअघि यहाँको तार्केश्वर गाउँपालिका–१, दाङसिंका दुई युवासँग पनि दुई लाख ४५ हजार ठगी भएको थियो । उनीहरुलाई ठगी गर्ने पनि अहिले पक्राउ परेका व्यक्ति नै हुनसक्ने प्रहरीको दाबी छ । रासस