शीर्ष नेतासँग राष्ट्रपतिको आकस्मिक भेटवार्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

शीर्ष नेतासँग राष्ट्रपतिको आकस्मिक भेटवार्ता


प्रशासन विशेष ब्युरो

२१ जेष्ठ २०७५, सोमबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शीर्षदलका नेताहरुलाई आकस्मिक सितलनिवास बोलाएकी छिन् ।

प्रधानमन्त्री ओलीसहित सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेतासहितको २ घण्टा लामो छलफलमा समृद्धिका लागि एकै ठाउँ उभिन सुझाएकी छिन् ।

भेटवार्ताका क्रममा राष्ट्रपति भण्डारीले समृद्धिको यात्रामा अघि बढ्न आग्रह गरेको उच्च स्रोतले बतायो ।

संविधानको मर्म र भावना अनुशार अघि बढ्न दलहरुलाई आग्रह गर्दै राष्ट्रपति भण्डारीले व्यापार घाटा र गुणस्तरीय शिक्षाका बारेमा समेत चाँसो र चिन्ता व्यक्त गरेकी छिन्–स्रोतले भन्यो ।

भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस