बृहत योजना पेस गर्न प्रधानमन्त्रीद्वारा मन्त्रीहरुलाई निर्देशन « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

बृहत योजना पेस गर्न प्रधानमन्त्रीद्वारा मन्त्रीहरुलाई निर्देशन


प्रशासन विशेष ब्युरो

२१ जेष्ठ २०७५, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय र विभागहरुलाई तथ्य/तथ्यांक सहित बृहत योजना बनाउन निर्देशन दिएका छन् ।

देशको आवश्यकतालाई बुझेर विस्तृत कार्ययोजना बनाएर पेस गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन् ।

सोमबार राष्ट्रिय विकास समस्या समाधान समितिको ४२ औं बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय महत्वका बहुसंख्यक जनता लाभान्वित हुने योजना बनाई कार्य योजना र सम्पन्न हुने समयसिमा तोकेर राष्ट्रिय योजना आयोगमा पेश गर्न सबै मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले स–साना योजनाहरु मन्त्रालय स्तरबाटै टुंग्याउन र ठुला योजनाहरु राष्ट्रिय योजना आयोग तथा राष्ट्रिय विकास समस्या समाधान समितिमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन दिँदै आफैले सक्ने काम आफैले गर्न र नसक्ने कामहरु पेश गर्न भनेका छन् ।

देशलाई आत्मनिर्भर बनाउने तर्फ सबैले ध्यान दिनु पर्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकारले लक्ष्य राखेको समृद्ध र विकास हासिल गर्नका लागि ‘मोडालिटी, भिजन र एट्टिट्यूड’मा परिवर्तन गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस