बीपी राजमार्गमा ठूला गाडी नगुडाऊन सर्वोच्चको आदेश « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बीपी राजमार्गमा ठूला गाडी नगुडाऊन सर्वोच्चको आदेश


प्रशासन विशेष ब्युरो

२१ जेष्ठ २०७५, सोमबार


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले वीपी राजमार्गमा ठूला सवारीसाधन सञ्चालन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले बनेपा–बर्दिबासको वीपी राजमार्गमा ठूला गाडीलाई इजाजत दिने जेठ १३ गतेको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

अधिवक्ता कैलाशराज दाहालले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेतलाई विपक्षी बनाइ दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले यातायात व्यवस्था विभागले सडकको स्तरोन्नती र विस्तार नभएसम्म ठूला गाडी चलाउन नहुने भनी निर्णय गरेकाले हालै मन्त्रिपरिषदले ठूला गाडीलाई दिएको इजाजतको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।

सर्वोच्चले यस विषयमा १५ दिनभित्र लिखित जवाफ पेश गर्न सरकारलाई आदेश दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस