पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिरुद्ध नेविसंघ आन्दोलित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पेट्रोलियम पदार्थको मूल्य वृद्धि बिरुद्ध नेविसंघ आन्दोलित


२१ जेष्ठ २०७५, सोमबार


काठमाडौं – सरकारले लगातार पाँच पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भन्दै नेपाल विद्यार्थी संघले देश व्यापी आन्दोलनको घोषणा गरेको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै नेविसंघले जनताको ढाडै सेकिने गरी दुई महिनामा लगातार पाँच पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्नु जनताप्रति सरकारको गैर जिम्मेवारीपन भएको आरोप लगाएको छ ।

नेपालको राष्ट्रियता नै कम्जोर बनाउने चलखेलमा सक्रिय वर्तमान कम्युनिष्ट सरकारले एक सय दिनमा पाँच पटक मूल्य वृद्धि गरी कालाबजारी र माफियाको चंगुलमा फेर दैनिक उपभोग्यबस्तुको मूल्यमा समेत चरम बृद्धि गरेको नेविसंघको आरोप छ ।

जनताको इच्छा र चाहना माथी चलखेल गरेर कम्युनिष्ट सरकारले जनताप्रति अन्याए गरेको नेविसंघका अध्यक्ष नैनसिंह महरले बताए । उनले चर्को मूल्य बृद्धिले जनताको चुलो चौको समेत प्रभावित भएको बताए । उनले पेट्रोलियम पटार्थको मूल्य यथासिघ्र फिर्ता गर्न सरकारसँग आग्रह गरे ।

नेविसंघले मूल्य वृद्धि फिर्ता नभए २२ गते विहान ११ बजे देश भरका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाउने र २३ गते दिउसो २ बजे जिल्ला प्रशासन अगाडी कालो झन्डा गाडेर धर्ना दिने र सदरमुकाममा एक घन्टा चक्का जाम गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । आफ्नो मागको सम्वोधन नभए आन्दोलनलाई थप शसक्त बनाइने नेविसंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस