तलव भत्ता माग्दै प्रधानमन्त्रीलाई ज्ञापन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

तलव भत्ता माग्दै प्रधानमन्त्रीलाई ज्ञापन


२१ जेष्ठ २०७५, सोमबार


काठमाडौं । बाँकेस्थित स्वास्थ्यकर्मीका पाँच संगठनले मासिक तलव भत्ता तथा सुविधा उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, अ.ने.प्र्र.जनस्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ र नेपाल नर्सिङ संघले बाँकेका प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापन बुझाएका हुन् ।

‘हाल स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरूलाई स्थानीय स्तरबाट नै तलव भत्ता बुझिलिने व्यवस्था रही आएकोमा विगत चार महिनादेखि विभिन्न गाउँपालिका, नगरपालिका तथा उपमहानगरपालिकाबाट स्वास्थ्य सेवाका कर्मचरीहरू मासिक तलव भत्ता, पोशाक भत्ता, फिल्ड भत्ता र स्थानीय भत्ताका साथै महिला स्वास्थ्य स्वंयसेविकाहरूको भिटामिन एमा कामकाज गरेको यातायात खर्चसमेत नपाएको व्यहोरा अनुरोध छ,’ ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा तलव नपाएको सम्बन्धित निकायमा अवगत गराउँदा पनि सम्बोधन हुन नसकेको उल्लेख छ ।

मासिक तलव भत्ता नपाउँदा घर खर्च तथा विद्यार्थीको पठनपाठनमा समेत असर पुगेको ज्ञापनपत्रमा भनिएको छ । माग सम्बोधन नभएर विरोधका कार्यक्रम गर्ने ज्ञापनपत्रमा उल्लेख छ ।

हेर्नुस् ज्ञापनपत्र :

प्रतिक्रिया दिनुहोस