उद्योगलाई २४ घण्टा विद्युत् उपलब्ध गराउने लक्ष्य : मुख्यमन्त्री गुरुङ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

उद्योगलाई २४ घण्टा विद्युत् उपलब्ध गराउने लक्ष्य : मुख्यमन्त्री गुरुङ


२१ जेष्ठ २०७५, सोमबार


पोखरा । पृथ्वीसुब्बा गुरुङले उद्योगलाई २४ घण्टा विद्युत् उपलब्ध गराउने लक्ष्य रहेको बताएका छन् ।

प्रदेश नं ४का मुख्य मन्त्री गुरुङले पोखरामा आयोजित नविकरणीय ऊर्जासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा प्रदेश सरकारले उत्पादन र उत्पादकत्व वृद्धिका साथै दिगो विकासमा आधारित योजनालाई लक्ष्य गरी बजेट ल्याउन लागेको समेत बताए ।

पर्यटन, ऊर्जा, कृषिको आधुनिकीकरणजस्ता कार्यक्रमलाई प्राथमिकताका आधारमा प्रदेश सरकारले अघि बढाउने साथै ऊर्जाको विकासलाई सरकारले महत्वका साथ अघि बढाउने बताएका छन् ।

प्रदेश सरकारले आवश्यकताअनुरुप विकास निर्माणका साथै ऊर्जा विकासमा लगानीको प्रत्याभूति गर्नेमा उनको जोड थियो ।

उनले प्रदेश सरकारको आगामी बजेट लोकप्रियताका लागि नभई उत्पादनमुखी हुने बताए ।

प्रतिक्रिया दिनुहोस