२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खानेपानीको चरम अभावले गाउँ छाड्न बाध्य स्थानीयवासी

अ+ अ-

पाल्पा । खानेपानीको चरम अभावका कारण माथागढी गाउँपालिका–५ गोठादी घारीगाउँका स्थानीयवासी गाउँ छाड्न बाध्य भएका छन् ।

खानेपानी जोहो गर्न उनीहरु आफ्नो गाउँघर छाडेर पानी सुविधा भएको बस्तीमा बसाइँ सर्न थालेका छन् । यहाँका करीब ३०० घरपरिवार खानेपानीको सुविधा भएको क्षेत्रमा बसोबास गर्न पुगेका छन् ।

पाँच सय घरपरिवार रहेको यस बस्तीमा एकपछि अर्को गरी बसाइँ सरेर जाँदा अहिले गाउँमा झन्डै २०० घरपरिवार मात्र रहेका छन् । उनीहरु पनि खानेपानीको चरम अभाव र समस्या झेल्दै आएका छन् ।

वर्षौंदेखि खानेपानीको समस्याले सताइरहेको ७६ वर्षीय लालबहादुर सारुले बताए । पहिले डाँडाको बस्तीभन्दा तल पानीको स्रोत थियो तर त्यो स्रोत पनि सुक्दै गएपछि गाउँमा खानेपानीको हाहाकार मच्चिएको उनले बताए । एक गाग्री पानी लिन झण्डै दुई घण्टा पैदल हिँड्नुपर्छ ।

गाउँमा कमाइ भएकाजति सबै अन्यत्र गएको स्थानीय हुमबहादुर सारु बताउनुहुन्छ । यो क्षेत्र कृषिका लागि अत्यन्त राम्रो छ तर खानेपानीको राम्रो स्रोत नहुँदा स्थानीयवासी गाउँ छाड्न बाध्य भएका छन् ।

बस्तीभन्दा डेढ किलो मिटर तल सानो ट्याङ्की बाँधिएको छ, त्यो पनि अहिले जीर्ण हुँदै गएपछि पानी कम हुँदै गएको छ । बिहान उज्यालो हुन नपाउँदै गाग्री बोकेर पानी खोज्न जानुपर्ने समस्या वर्षेनी हुन्छ, अब त जनप्रतिनिधि गाउँमा आएका छन्, केही हुन्छ कि भन्ने आशा पलाएको पार्वती सारुले बताए ।

यहाँ लिफ्टिङ प्रणालीबाट खानेपानीको सुविधा उपभोगका लागि पहिलो चरणमा विद्युत् पोल, ट्रान्सफर्मर, तार जडान, दोस्रो चरणमा पाइपलाइन विस्तार, ट्याङ्की निर्माण, धारा जडान र वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा बताए।

कम लगानीमा खानेपानीको व्यवस्थापन गर्न सम्भव नभएकाले अर्को आर्थिक वर्षबाट दोस्रो चरणको कामको थालनी गरिने अध्यक्ष थापाले बताए । गाउँपालिकाले २० लाख रकम विनियोजन गरेर पानीको मुख्य स्रोत नजिकै ट्याङ्की निर्माण गरिएको अध्यक्ष थापाले बताए । रासस

प्रतिक्रिया दिनुहोस