बोक्सीको आरोपमा कुटपिट गर्ने तीन जना प्रहरी नियन्त्रणमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

बोक्सीको आरोपमा कुटपिट गर्ने तीन जना प्रहरी नियन्त्रणमा


२१ जेष्ठ २०७५, सोमबार


इटहरी । बोक्सीको आरोप लगाई कुटपिट गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला सदरमुकाम सुनसरीको इनरुवासँग सीमा जोडिएको दक्षिणी क्षेत्रमा रहेको हरिनगरकी एक महिलाले छोरीलाई लोगेको रोग निको पार्न पूजापाठ गर्दा बोक्सी भन्दै कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुवालाल मेहताको निर्देशनमा उनका छोरा रमेशकुमार मेहता, रञ्जीत मेहता र अमरलाल मेहताले महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो ।

सुवालाल मेहताले युवालाई उक्साइ महिलामाथि बोक्सीको आरोप लगाउँदै कुटपिट गरी गाउँ नै निकाला गर्ने दुष्प्रयास गरेको अवस्थामा आइतबार साँझ तीन जना युवालाई पक्राउ गरी आवश्यक कानूनी कारबाही अघि बढाइएको छ ।

पीडित महिलालाई स्थानीय स्वास्थ्य संस्थामा उपचार गराइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस