अब ९८ दिन सुत्केरी बिदा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अब ९८ दिन सुत्केरी बिदा


२१ जेष्ठ २०७५, सोमबार


काठमाडौं । सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत महिलाले कम्तिमा ९८ दिन सुत्केरी बिदा पाउने भएका छन् । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयकमा महिलालाई सुत्केरी हुनुअघि र पछि कम्तिमा ९८ दिनसम्म तलबसहितको प्रसूति बिदा दिन प्रस्ताव गरिएको छ ।

‘कुनै गर्भवतीलाई उक्त बिदा अपुग भए स्वास्थ्यकर्मीको परामर्शबमोजिम थप एक महिना तलबसहितको अतिरिक्त बिदा पाउने व्यवस्था गर्नुपर्नेछ,’ विधेयकमा छ । विधेयकमा सरकारी, गैरसरकारी तथा निजी संघसंस्थामा कार्यरत पुरुष कर्मचारीले पत्नी सुत्केरी हुनुअघि वा पछि पारिश्रमिकसहितको १५ दिन प्रसूति स्याहार बिदा पाउने छन् ।

प्रतिक्रिया दिनुहोस