बलात्कार पीडित किशोरीलाई रक्षा नेपालकी मेनुकाले शोषण गरेको आरोप « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बलात्कार पीडित किशोरीलाई रक्षा नेपालकी मेनुकाले शोषण गरेको आरोप


प्रशासन विशेष ब्युरो

१७ जेष्ठ २०७५, बिहिबार


काठमाडौं । सामुहिक बलात्कारमा परेकी एक किशोरीले आश्रय दिने संस्थाबाटै शोषणमा परेको भन्दै न्यायका लागि अपिल गरेकी छिन् ।

रक्षा नेपालको संरक्षणमा रहँदै आएकी पुजा बोहोराले संचालक मेनुका थापाले शोषण गरेको बयान दिएकी हुन् । २०६८ सालमा सामूहिक बलात्कार भएपछि रक्षा नेपालको रोहवरमा रहेकी पुजाले आफुसहित रक्षा नेपालमा आश्रित बालबालिकाले ज्यादती खेप्नु परेको भन्दै छानविनका लागि समेत माग गरेकी छिन् ।

राती १२ बजेसम्म भाडा माझ्न लगाउनेदेखि दाताहरुबाट आएको सहयोगले रकम निजी सम्पत्ति जोडेकोसम्म पुजाको आरोप छ । पत्रकार सम्मेलनमा उनले भनिन् –सामुहिक बलात्कार भएपछि शारीरिक तथा मानसिक रुपमा विच्छिप्त भई काठमाडौं आएकी थिएँ, त्यस्तो अवस्थामासमेत माया पाउनु त परको कुरा उल्टो गाली खाएर बस्नुपर्यो ।

उनले न्यायका लागि पत्रकारहरुको साथको जरुरत रहेको बताउँदै स्वतन्त्रताको श्वास फेर्न र डरत्रासविना हिड्ने वातावरणका लागि अपिल गरेकीछिन् ।

प्रतिक्रिया दिनुहोस