आचार्य श्रीनिवास पूर्पक्षका लागि थुनामा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आचार्य श्रीनिवास पूर्पक्षका लागि थुनामा


१७ जेष्ठ २०७५, बिहिबार


विराटनगर । आफैंमाथि गोली हान्न लगाएको अभियोग लागेका धर्मगुरु आचार्य श्रीनिवासलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ  ।

जिल्ला प्रशासन कार्यालय, मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको इजलासले हातहतियार खरखजाना ऐन २०१९ को दफा २४ को (क) बमोजिम पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको हो ।

श्रीनिवासलाई सुनसरी जिल्लाको क्षेत्रीय कारागार झुम्कामा राख्ने निर्णयसमेत भएको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए । आफूले आफैँमाथि गोली प्रहार गर्न नलगाएको आचार्यले भनेका छन् ।

आचार्यलाई गोली हान्ने चितवनको भरतपुर महानगरपालिका बेलचोक बस्ने २९ वर्षीय माधव चौधरी र गोली र पेस्तोलको व्यवस्था गर्ने नवलपरासीको गैँडाकोट नगरपालिका–५ का ३२ वर्षीय खान र सन्तोष भन्ने लक्ष्मीराज अधिकारीलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।

मुलुकी ऐनको अदालती बन्दोबस्तको ११८ को दफा २ अनुसार चौधरी र अधिकारीलाई जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस