२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वच्छ वातावरण महाअभियानको शुभारम्भ

अ+ अ-

काठमाडौं । सभामुख कृष्णबहादुर महराले वन तथा वातावरण मन्त्रालयको पहलमा शुरु भएको ‘स्वच्छ वातावरण महाअभियान, २०७५’ को शुभारम्भ गरेका छन् ।

विश्व वातावरण दिवसको सन्दर्भ पारेर आजदेखि शुरु भएको स्वच्छ वातावरण महाअभियानको उनले काठमाडौँस्थित शंखपार्कको सडकमा कुचो लगाउँदै शुभारम्भ गरेका हुन् ।

सो अवसरमा सभामुख महराले स्वच्छ वातावरण निर्माणका लागि आफैँबाट सरसफाइको शुरुवात गर्नुपर्ने बताए ।

उनले भने, “सरसफाइ आफूबाटै शुरु गरौँ, एक–एक एकाइबाट समूह बन्छ र त्यसले संस्थागत रुप लिन्छ, सबै सरसफाइमा लागेपछि स्वच्छ वातावरण निर्माणको हाम्रो महाअभियान सफल बन्छ ।”

नीति, योजना निर्माण गर्ने तर कार्यान्वयन गर्ने दायित्वबोधबाट पन्छिने हो भने कहिल्यै पनि लक्ष्यमा पुग्न नसकिने बताउँदै उनले योजना कार्यान्वयनमा लागेर अभियान सफल बनाउन सबैमा आग्रह गरे।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मानव सरसफाइको जिम्मा सरकारको मात्र नभई आमनागरिकको पनि भएको उल्लेख गर्दै घर बाहिर फोहर फालेर सरकारलाई गाली गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए ।

मन्त्री बस्नेतले भने, “राजधानीका सडकमा कसैले फोहर फालेमा उक्त फोहर काठमाडौं महानगरपालिकामार्फत सफाइ गरिने र सो कार्यबापतको भुक्तानी फोहर फाल्नेबाट असुल गरिनेछ ।”

मन्त्रालयले काठमाडौं महानगरपालिकासँगको समन्वयमा अघि बढाएको सरसफाइ महाअभियान निरन्तर जारी रहने र सरसफाइका लागि सातामा एक दिन मन्त्री बस्नेत स्वयं उपस्थित हुनुहुने उहाँका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए ।

शंखपार्कबाट सडक छेउको फोहर उठाउँदै शुरु भएको सरसफाइ अभियान विशालनगर चोक हुँदै धुम्बाराही, पीपलबोटबाट पुनः शंखपार्कमा पुगेर समापन गरिएको थियो ।

कार्यक्रममा सभामुख महरा, वन मन्त्री बस्नेत, मन्त्रालयका सचिव, कर्मचारी, सुरक्षाकर्मी, महानगरका कर्मचारीलगायत सर्वसाधारणको उल्लेख्य सहभागिता थियो । रासस