कर्मचारीको तलब पुनरावलोकन गर्न आयोग गठन गरिने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्मचारीको तलब पुनरावलोकन गर्न आयोग गठन गरिने


१५ जेष्ठ २०७५, मंगलबार


काठमाडौं । सरकारले कर्मचारीको तलबको पुनरावलोकन गर्न अध्ययनका लागि आयोग गठन गर्ने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद्को संयुक्त बैठकमा आज २०७५/२०७६ को बजेट प्रस्तुत गर्दै सरकारले सम्पूर्ण राष्ट्र सेवक कर्मचारीको तलब सुविधा पुनरावलोकन गर्न अध्ययन गरी सुझाव दिनका उच्चस्तरीय तलब आयोग गठन गर्ने घोषणा गरेका छन्।

सरकारले निवृतभरणको दायित्व कम गर्न, अवकाश र निवृतभरणको उमेर निर्धारण गर्न, सेवाको शर्त तथा सुविधासमेतको अध्ययनका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने समेत घोषणा गरेको छ ।

त्यस्तै २०७५ साउन १ गतेदेखि सम्पूर्ण कर्मचारीलाई महँगी भत्ता बढाउने भएको छ भने साउन १ गतेदेखि नै लागु हुने गरी मासिक दुई हजार महँगी भत्ता दिने बजेटमा उल्लेख छ ।

अर्थमन्त्री डा. खतिवडाले निजामती सेवा, स्वास्थ्य सेवा र सामुदायिक विद्यालयका शिक्षकलाई प्रदान गर्दै आएको पोशाक सुविधा १० हजार पु(याउने उनले घोषणा गरेका छन् ।

त्यस्तै कर्मचारीको जीवन बीमाको बिमाङ्क वृद्धि गरी एक लाखबाट दुई लाख पु(याइएको छ । बीमाको किस्ता ५० प्रतिशत सरकार र ५० प्रतिशत कर्मचारीबाट व्यहोरिने छ ।

प्रतिक्रिया दिनुहोस