घुस लिने सापकोटा अख्तियारको फन्दामा « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

घुस लिने सापकोटा अख्तियारको फन्दामा


१३ जेष्ठ २०७५, आइतबार


काठमाडौं । बाणिज्य, आपुर्ती तथा उपभोक्ता हित संरक्षण विभागका नायब सुब्बा जुनेद सापकोटा घुस लिएको आरोपमा अख्तियारको फन्दामा परेका छन् ।

विभागको फर्म तथा एजेन्सी शाखामा कार्यरत सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार १० हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो।

उनी फर्म नवीकरणका लागि घुस लिएको आरोपमा पक्राउ परेका हुन् । कार्यलयबाटै उनलाई प्रहरीले पक्राउ गरेको हो ।

नवीकरणका लागि एक हजार रुपैयाँ राजश्व लाग्नेमा उनले सेवाग्राहीबाट १० हजार लाग्ने भन्दै घुस लिने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस