धनगढी गोली प्रहार प्रकरणः ९ लाख रूपैयाँसहित दुई पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धनगढी गोली प्रहार प्रकरणः ९ लाख रूपैयाँसहित दुई पक्राउ


प्रशासन विशेष ब्युरो

१३ जेष्ठ २०७५, आइतबार


pakrau

धनगढी । गोली प्रहार गरी ९ लाख रूपैयाँ लुटपाट गर्ने घटनामा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

कैलालीको अत्तरियाबाट दुई जनालाई ९ लाख रूपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख विनोद घिमिरेले जानकारी दिए । उनीहरूको नाम भने खुलाइएको छैन । ‘उनीहरू(आरोपी)सँग बुझ्ने काम हुँदैछ, त्यसकारण नाम खुलाउन मिल्दैन,’ प्रहरी प्रमुख घिमिरेले भने । पक्राउ परेकाहरूसँग हतियार फेला नपरेको उनले बताए ।

कैलालीको धनगढीमा आइतबार बिहान लुटेराको समूहले धनगढी–३ का निर्मल कार्कीमाथि गोली हानी ९ लाख रूपैयाँ लुटेको थियो ।

र योपनि,

धनगढीको व्यस्त बजारमै गोली प्रहार, ९ लाख लुटियो

प्रतिक्रिया दिनुहोस