आगामी १० वर्षभित्र नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नति गर्ने « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

आगामी १० वर्षभित्र नेपाललाई मध्यमस्तरको आय भएको मुलुकमा स्तरोन्नति गर्ने


१३ जेष्ठ २०७५, आइतबार


काठमाडौं । आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रश्नको अहिले जवाफ दिएका छन्।

नीति तथा कार्यक्रममा सरकारले आगामी १० वर्षभित्र नेपाललाई मध्यमस्तरको आय भएको देशको कोटिमा स्तरोन्नति गर्ने लक्ष्य राखेको छ ।

सरकारले समृद्ध नेपाल, सुखी नेपालीको दीर्घकालीन उद्देश्य प्राप्त गर्ने लक्ष्यका साथ प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि यही जेठ ९ गतेदेखि तीन दिनसम्म छलफल भएको थियो । उक्त नीति तथा कार्यक्रममाथि छ संशोधनका सूचना दर्ता भएका छन् ।

बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आव २०७४/७५ को आर्थिक सर्वेक्षणसमेत आजै पेश गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओलीले भने, “सरकारको नीति तथा कार्यक्रममाथि थप स्पष्ट पार्नुपर्ने आवश्यकता देखिएन, व्यापक समर्थनभाव, विश्वास र अपेक्षा देखियो, कार्यक्रम प्रभावकारी गरियोस् भनी सकारात्मक सुझाव आए, ठीक ढंगले नीति तथा कार्यक्रमको व्याख्या भएको छ । रासस

प्रतिक्रिया दिनुहोस