डिएसपी क्षेत्री र श्रेष्ठले पाए महिनाको प्रहरी उत्कृष्ट अवार्ड « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

डिएसपी क्षेत्री र श्रेष्ठले पाए महिनाको प्रहरी उत्कृष्ट अवार्ड


११ जेष्ठ २०७५, शुक्रबार


काठमाडौं । काठमाडौं प्रहरी परिसरले वंगलादेश वैंकसँगको सहकार्यमा स्थापना गरेको ‘काठमाडौं प्रहरी अवार्ड’ वितरण गरिएको छ । हरेक महिना ६ जनालाई प्रदान गर्ने भनिएको उक्त पुरस्कार शुक्रबार परिसरमा आयोजित एक समारोहकाबीच प्रदान गरिएको हो ।

पुरस्कार पाउनेमा प्रहरी नायब उपरीक्षक (डिएसपी) तर्फ प्रदीपबहादुर क्षेत्री र अनुपम श्रेष्ठ, प्रहरी निरीक्षकतर्फ शर्मिला गुरुङ र पुष्कर बोगटी, प्रहरी नायब निरीक्षकतर्फ टेकबहादुर कुँवर, प्रहरी सहायक निरीक्षकतर्फ शिव कट्टेल, प्रहरी हवल्दारतर्फ विक्रम लामा र प्रहरी जवानतर्फ अर्जुन सेठ्ठी छन् ।

परिसर मातहतका कार्यालयहरु मध्येबाट उत्कृष्ट कार्य प्रदर्शन गर्ने प्रहरी अधिकारी मध्ये प्रहरी नायब उपरीक्षकलाई ५० हजार, प्रहरी निरीक्षकलाई ३५ हजार, प्रहरी नायब निरीक्षकलाई २५ हजार, प्रहरी सहायक निरीक्षकलाई २० हजार, प्रहरी हवल्दारलाई १५ हजार र प्रहरी जवानलाई १० हजार रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस