प्रहरी कार्यालयको क्यान्टिनमै रहस्यमय घटना, झुण्डिएको अवस्थामा हवल्दारकी श्रीमतीको शव « प्रशासन
prasaLogo
१३ श्रावण २०७८, बुधबार
   

प्रहरी कार्यालयको क्यान्टिनमै रहस्यमय घटना, झुण्डिएको अवस्थामा हवल्दारकी श्रीमतीको शव


११ जेष्ठ २०७५, शुक्रबार


बर्दिया । प्रहरी कार्यालयको क्यान्टिनमै सहस्यमय घटना भएको  छ ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी ३० वर्षीया श्रीमती कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ ।

हत्या वा आत्महत्या के हो भन्ने बारेमा अनुसन्धान गरिरहेको प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल गुलरियामा लगिएको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालयमै भएको यस्तो घटना रहस्यमय भएको र शान्ति सुरक्षामा पनि आशंका उब्जन सक्ने देखिएको छ । रासस

प्रतिक्रिया दिनुहोस