कांग्रेसको क्षेत्रीय समिति विघटन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कांग्रेसको क्षेत्रीय समिति विघटन


९ जेष्ठ २०७५, बुधबार


इटहरी । नेपाली कांग्रेस क्षेत्र नं १ सुनसरीको क्षेत्रीय समिति आज विघटन गरिएको छ ।

क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले पार्टी संगठनलाई नयाँ ढंगले सञ्चालन गर्न उक्त निर्णय गरिएको हो ।

पार्टीका सक्रिय नेता तथा कार्यकर्तालाई अवसर प्रदान गर्न पुनर्गठन गर्ने गरी क्षेत्रीय समितिलाई विघटन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् ।

बैठकले पर्यटकीयस्थल धरान–४ मा खानेपानीको ठूलो समस्या भएको भन्दै निर्माणाधीन खानेपानी आयोजनाले नसमेटिएका वडामा पर्याप्त खानेपानीको व्यवस्था गर्नसमेत माग गरेको प्रचारप्रसार संयोजक प्रेमकुमार राईले थप जानकारी दिए ।

बैठकले विकास निर्माण कार्यमा पारदर्शीता जरुरी रहेकोतर्फ ध्यानाकर्षण गर्ने निर्णयसमेत गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस