२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सिंहदरबारको अधिकार गाँउमा’ भन्ने नारामा मात्र सीमित

अ+ अ-

लिवाङ । रोल्पामा नारामा मात्र सिंहदरबार आएको एक कार्यक्रममा सहभागीहरुले गुनासो गरेका छन् ।

५ नं प्रदेशको मुख्य कार्यालय बुटवलको आयोजनामा प्रदेशसभा तथा प्रदेशसभा सचिवालयसम्बन्धी जानकारीमूलक आज यहाँ आयोजित अन्तक्रिक्र्रिया कार्यक्रममा सहभागीले यस्तो गुनासो गरेका हुन् ।

उनीहरुले ‘सिंहदरबारको अधिकार गाउँगाउँमा’ भन्ने नारा अघि सारिएपनि संघले प्रदेश र स्थानीय तहमा हस्तक्षेप गर्न थालेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

जिल्ला समन्वय समितिका प्रमुख राजबहादुर बुढाले जिल्ला समन्वय समितिले कोसंग कहिले र कसरी समन्वय गर्ने भन्ने विषयमा स्पष्ट नीति नभएको हुँदा यस विषयमा प्रष्ट हुनुपर्नेमा जोड दिए । उनले आफूहरु निर्वाचित भएको एकवर्ष पुगिसक्दासम्म पनि स्वयंसेवकको भूमिका निर्वाह गरिरहेको बताए ।

कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले प्रदेश असफल भए स्थानीय सरकार असफल हुने भएको हुँदा प्रदेश सरकारले विशेष संवेदनशीलताका साथ विविध गतिविधि संचालन गर्नुपर्ने सुझाव दिए ।

उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले शान्ति सुरक्षा र सुशासन कायम गर्न सकेमात्र जनताले न्याय पाउने बताएका छन् ।

यस्तै कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीका प्रतिनिधि सुरेन्द्र घर्तीले जनताले सिंहदरबारको अधिकार गाउँमै पाएको अनूभूति गर्ने वातावरण मिलाउन सुझाव दिए ।

नेपाली कांग्रेस रोल्पाका उपसभापति किशोरकुमार आचार्यले जनताका समस्या सम्वोधन हुनुको साटो प्रदेश सरकारबाट सधै सेवा सुविधा र पारिश्रमिककै बारेमा चर्चा चलिरहनु दुःखद पक्ष रहेको बताए ।

कार्यक्रममा प्रदेश सभा सदस्य दिपेन्द्र पुन सिजलले कतिपय कुराहरुको केन्द्रबाट गाँठो नखुलेको हुँदा काममा असहजता भइराखेको बताए ।

यस्तै कार्यक्रमका ५ नं. प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले जनतासंग आफूहरु नयाँ नेपालको परिकल्पना साकार पार्न प्रतिबद्ध भएको स्मरण गर्दै सबै पार्टीको साझा दस्तावेजका रुपमा नेपालको संविधान रहेको तर यस्लाई कार्यान्वयनका चरणमा केही असहजता भएको उल्लेख गरे । रासस