२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगारीले दिएको पीडा

अ+ अ-

बागलुङ । कमाउने आशामा विदेशिएका भीम छन्त्याललाई आजको नियती बेहोर्नुपर्ला भन्ने लागेको थिएन । तमानखोला गाउँपालिका–१ बोङ्गादोभानका ४० वर्षीय छन्त्यालको जीवनमा वैदेशिक यात्रा ‘अभिसाप’ बनेको छ ।

दुई दशक अघि उनले रोजगारीका क्रममा साउदी अरबमा भोगेको पीडा अहिले झन् बल्झिदैँ गएको छ । कामकै सिलसिलामा दुर्घटनामा पर्नुभएका छन्त्याल अहिले अपाङ्गताको अवस्थामा छन् ।

परिवारको लालनपालनका लागि विदेश रोजेका छन्त्याल १६ महिनाभन्दा बढी टिक्न पाएन । “कमाउने आशा तुहियो नै, उसैमाथि जीवनभर अशक्त भएर बाँच्नुपर्ने अवस्था आइलाग्यो,” उनले भने। उनले २०५५ सालतिर गाउँमा चर्केको राजनीतिक द्वन्द्वका कारण विदेशिन बाध्य भएको बताए । साउदी अरब गएको १६ महिनामा निर्माणको काम गर्दा दुई तला माथिबाट खस्दा छन्त्याल घाइते भएका थिए।

चार महिनासम्म विदेशमै उपचार गराई नेपाल फर्केका छन्त्यालको समस्या निको हुनुको सट्टा झन् चर्कदैं गयो । दुर्घटनामा परी छन्त्यालको कम्मरमुनिको भाग चोटग्रस्त भएको थियो । दुवै खुट्टा भाँचिएपछि ‘स्टिल’ राखिएको छ । साउदी अरबबाट फर्केपछि उनले नेपालमै अकुपञ्चर प्रविधिबाट उपचार गराएको ।

केही वर्षअघिसम्म वैशाखीको साहारामा सामान्य हिँडडुल गर्ने छन्त्याल अहिले भने उभिएर हिँड्न नसक्ने भएको छ । । “दुवै खुट्टा चल्न छोडे, हातले भूइँमा घिस्रिएर घर भित्रबाहिर गर्छु,” उनले भने । खुट्टा सुन्निएपछि घस्रेर हिँड्न पनि उनलाई कठिन हुने गरेको छ । दुर्गमको घरमा ‘ह्लिल चियर’ गुडाउन मिल्ने बाटो छैन ।

निकै कष्टप्रद अवस्थामा छन्त्यालले दैनिकी चलाइरहनुभएको छ । शौचालय जाँदा पनि उनी दुई हातको साहारामा जाने गरेका छन् । सरकारले दिने अपाङ्गता सुरक्षा भत्ता बाहेक अरु कुनै सहयोग उनले पाउन सकेनन् । घरमा श्रीमती, एक छोरी र छोरासहित बस्दै आएका छन्त्यालले सामान्य घरायसी काममा सघाउने गरेका छन्।

“खाना पकाउन सहयोग गर्छु, खुट्टा नचले पनि हातले गर्नसक्ने काममा सघाउँछु,” छन्त्यालले भने । उनकी श्रीमती भीमकुमारी स्थानीय तमानखोलाबाट गिट्टी र बालुवा निकालेर आर्थिक जोहो गर्दै आएकी छन् । सानो लगानीमा व्यावसायिक रुपमा कुखुरापालन पनि गर्दै आएको छन्त्यालले बताए।

“श्रीमान् अशक्त भएपछि घरको समस्या बढ्यो,’ छन्त्यालले भने, “घरखर्च चलाउन र छोराछोरी पढाउन दुःख उठाउनै प¥यो ।” छन्त्यालकी १५ वर्षीया छोरी पूजा कक्षा १० र १२ वर्षीय छोरा प्रवीण कक्षा ७ मा पढ्दै छन् । ।

कुनैबेला छन्त्याल पनि पढाइमा अब्बल थिए । उनी बोङ्गादोभानकै जनजाग्रित माविमा नौ कक्षामा प्रथम भए । पढाइभन्दा पैसा ठूलो मानेर त्यतिबेला विदेश गए पनि अहिले भने छन्त्याललाई पढाइ ठूलो लाग्ने गर्छ । नेपाली युवा विदेश जानुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने उनको धारणा छ ।

“मलाई जस्तो कसैलाई नपरोस्, देशमै काम गरेर खाने वातावरण बनोस्,” उनले भने ।

प्रतिक्रिया दिनुहोस