१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टहरामै बित्यो लामिछनेको जीवनः परिवारलाई छ लाख सहयोग

अ+ अ-

भक्तपुर । चाँगुनारायण नगरपालिका–६ तेलकोट चोकमा नगरकोट जाने मूल सडकका ठीकमाथि पुरानो जीर्ण घर वि.सं. २०७२ को भूकम्पले भत्किएको छ । घरको माथिल्लो तला र छानामा ह्वाङह्वाङ्ती ठूलो प्वाल छ । त्यही घरको तल्लो तला र अगाडिको टहरामा प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको जीवन बित्यो ।

भत्किएको घरलाई उठाउने क्षमता उनीसँग भएन, अर्थ अभावले भत्किएको घरको तल्लो तलामा बस्ने र अगाडिको जस्ताको टहरामा रात गुजार्नुको विकल्प उनीसँग थिएन । पुरानै कोट र ढाका टोपीले धान्दै आएको आदर्श र निष्ठालाई जीवितै राख्न सफल लामिछानेको प्रदेशसभा सदस्यको यात्रा पाँच महिनामै टुङ्गिए पनि छोरीको विवाह गर्न, चुनाव लड्न र छोराछोरीलाई पढाउन विभिन्न सहकारी संस्थाबाट लिएको १८ लाख ऋणको भारी भने श्रीमती निर्मलाको काँधमा घर व्यवहारसँगै खप्टिएको छ ।

पार्टीमा मात्रै नभई सिंगो चाँगुनारायण नगरपालिक क्षेत्रमा आदर्शका रुपमा चिनिएका ५१ वर्षीय लामिछानेलाई जुनसुकै पार्टीका व्यक्तिले पनि आदरका साथ ‘हरिगुरु’ भनेर सम्बोधन गर्थे ।

नेकपा (एमाले) भक्तपुका सचिवसमेत रहनुभएका लामिछानेको मष्तिष्काघातका कारण गत वैशाख ३१ गते निधन भएपछि उनको परिवार मात्रै होइन, सिंगो नगरकोट शोकमा डुबेको छ । परिवारलाई शोकसँगै ऋण कसरी तिर्ने र छोराछोरीलाई कसरी पढाउने भन्ने पिरलो थपिएको छ ।

एक साताको रारा भ्रमण सकेर अघिल्लो शनिबार साँझ घर आएका उनलाई भोलिपल्ट टाउको दुखेपछि काठमाडौँ मेडिकल कलेज सिनामंगल ल्याइएकामा चिकित्सकले मस्तिष्काघात भएको जानकारी गराएका थिए । भेन्टिलेटरमा राखेर उपचार गर्दैगर्दा उनको निधन भएको थियो ।

वि.सं. २०२४ फागुन ११ गते जन्मनुभएका उनले २०३९ मा ततकालीन नेकपा (माले) को भा्रतृ संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा शुरु गरो थिए । वि.सं. २०४६ को आन्दोलनका क्रममा घाइते भएका उनी प्रजातन्त्र र लोकतन्त्र प्राप्तिको आन्दोलनमा १३ पटक गिरफ्तार भएका थिए ।

राजनीतिक जीवनमा कुनै पदको लोभ र आर्थिक लालच नपालेका कारण पनि सम्मानका पात्र बन्दै आएका लामिछानेले सांसद भएपछि सांसदको सुविधासमेत लिन नपाई संसार छाडेको स्थानीयवासी निरञ्जन बजगाईं बताउँछन् ।

भनसुन र सोर्सफोर्समा जागिर लगाउनु हुँदैन भन्ने मान्यतालाई आत्मसात् गर्दा दुई छोरीले अहिलेसम्म जागिर पाउन सकेका छैनन् । बाह्र कक्षाको पढाइ सकेर उच्च शिक्षाको पर्खाइमा रहेका छोरा कृष्णशरणले उच्च शिक्षा अध्ययन गर्ने इच्छा पनि यहीँबाट विश्राम लिनुपर्ने हो कि भन्ने चिन्ताले लामिछानेको श्रीमती निर्मलालाई पिरोलेको छ ।

श्रीमती निर्मला भन्नुहुन्छ, “उनले घर परिवारभन्दा पनि पार्टीलाई धेरै माया गर्नुभयो, उनको इच्छा र बाटोलाई हामीले रोकेनौं अब केही होला कि भन्ने बेलामा छाडेर जानुभयो, अब छोराछोरीको पढाइलाई कसरी निरन्तरता दिने, भूकम्पले ढालेको घरलाई कसरी उठाउने र ऋण कसरी तिर्ने भन्ने चिन्ताले पिरोलिएको छु ।”

लामिछाने परिवारको अवस्था देखेपछि घरमा सान्त्वना दिन जानेले अर्थ संकलन गरेर दिन थालेका छन् । संकलन गरेर आफूलाई आजसम्म पाँच लाख ९२ हजार ८०३ बुझाएको परिवारले जनाएको छ ।

आजसम्म तत्कालीन एमाले भक्तपुरले एक लाख, प्रधानमन्त्री केपी शर्मा ओलीको परिवारका तर्फबाट प्रधानमन्त्रीपत्नी राधिकाले ५० हजार, एमाले चाँगुनारायण नगरपालिका–८ कमिटीले एक लाख ५४५, अनेमसंघ भक्तपुरले ८३ हजार २९०, एमाले–७ चाँगुनगर कमिटीले ३१ हजार पाँच सय, एमाले वडा नं ४ नगर कमिटीले ३० हजार, जिल्ला समन्वय समिति भक्तपुरले १० हजार ५००, गैसस महासंघ भक्तपुरले १६ हजार १४०, निर्माण व्यवसायी संघ भक्तपुरले ५१ हजार, युवा बचत तथा ऋण सहकारी संस्था लिले ७२ हजार २१८, एमाले चाँगु– १ का ईश्वर थापालगायतले ३० हजार, विजय बास्तोलाले चार हजार, चाँगु– ५ का लोकबहादुर थापाले चार हजार १०० र एमाले मध्यपुरथिमि १ ले १० हजार पाँच सय परिवारलाई हस्तान्तरण गरेका छन् । अर्थ सहयोगका लागि रकम संकलन गर्ने क्रम जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस