विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत


४ जेष्ठ २०७५, शुक्रबार


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

गृहमन्त्री रामबहादुर थापाले बैठकमा सो विधेयक प्रस्तुत गर्नुभएको थियो । विधेयकमाथि सांसद कृष्णभक्त पोखरेलले आफ्नो धारणा राखेका थिए।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ७ गते १५ः३० बजे बस्नेछ । रासस

प्रतिक्रिया दिनुहोस