बुटवल–तानसेन सडकखण्ड एकतर्फी खुला « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बुटवल–तानसेन सडकखण्ड एकतर्फी खुला


४ जेष्ठ २०७५, शुक्रबार


बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गतको पाल्पाको सिद्धबाबा नजिकै गएराति पहिरो गएपछि अवरुद्ध बुटवल–तानसेन सडकखण्ड अहिले केहिबेर अघिदेखि एकतर्फीरुपमा सञ्चालनमा आएको छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल—पाल्पाखण्डको हेडबक्स भन्ने स्थानमा बिहीबार राति करिब १२ बजे पहिरो गएको थियो । पहिरोका कारण रातिदेखि नै अवरुद्ध भएको सडक बिहानदेखि डोजरले पहिरो हटाएपछि एकतर्फीरुपमा सञ्चालनमा आएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

गएराति पहिरो खसेको ठाउँ पाल्पाको तिनाउ गाउँपालिका–३ हेडबक्स भन्ने ठाउँमा गत आइतबार पनि पहिरो खसेर दुई दिन सडक अवरुद्ध भएको थियो ।

पहिरोले सडक अवरुद्ध भएपछि स्याङ्गजा, पोखरा, बाग्लुङ्ग, गुल्मी, अर्घाखाँची तथा जिल्लाकै विभिन्न स्थानबाट बुटवल आवतजावत गर्ने अधिकांश सवारी साधन रातिदेखिनै बाटोमै रोकिएका थिए । रासस

प्रतिक्रिया दिनुहोस