सम्पर्कविहिन मकालुको जहाज कर्णालीको बगरमा भेटियो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सम्पर्कविहिन मकालुको जहाज कर्णालीको बगरमा भेटियो


२ जेष्ठ २०७५, बुधबार


काठमाडौँ । सम्पर्कबिहीन मकालु एयरलाइन्सको जहाज भेटिएको छ ।

साढे दुई घण्टादेखि सम्पर्कविहीन ९ एन एजेयु कल साइनरहेको कार्गो जहाज बाजुरा जिल्लास्थित कर्णाली नदीको किनारमा भेटिएको हो ।

त्रिभुवन विमानस्थल स्रोतका अनुशार जहाजमा खराबी आएपछि कर्णाली नदीको बगरमा आपतकालीन अवतरण गरिएको भन्ने बुझिएको छ भने जहाजमा रहेका चालक दलका दुवै सदस्य क्याप्टेन किरण भट्टराई र को,पाइलट आदित्य नेपाली सकुसल रहेको पनि उच्च स्रोतले जानकारी दिएको छ ।

बुधबार बिहान सुर्खेतबाट कार्गो लोड गरेर सिमिकोट हुम्लाका लागि उडेको जहाज सम्पर्कविहीन भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस