चित्तलको मासुसहित एक पक्राउ « प्रशासन
prasaLogo
१४ श्रावण २०७८, बिहिबार
   

चित्तलको मासुसहित एक पक्राउ


१ जेष्ठ २०७५, मंगलबार


बारा । चित्तलको मासुसहित निजगढबाट आज एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय हरिभगत धामी रहेको छ ।

आफ्नै घरमा जंगली जनावर चित्तलको मासु बिक्री गरिरहेको प्राप्त सूचनाका आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले उनलाई निजगढ–४ कछडियाटोलबाट सवा दुई किलो मासु र मासु टुक्राउन प्रयोग भएको अचानोसहित पक्राउ गरेको हो ।

पक्राउ परेका धामीलाई आवश्यक कारबाहीका लागि सेक्टर वन कार्यालय तामागढी निजगढको जिम्मा लगाइएको प्रहरी निरीक्षक दीपककुमार रायले बताए ।

पक्राउ परेका धामीको विषयमा आवश्यक अनुसन्धान भइरहेको निजगढ इलाका वन कार्यालयका प्रमुख धमेन्द्र साहले बताए ।

चित्तल मारेमा २० देखि ५० हजारसम्म जरिवाना वा ६ महिनादेखि एक वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको पनि प्रमुख साहले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस