भारतीय सांसद आजादको ट्विटको विरोधमा नेविसंघद्वारा प्रदर्शन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भारतीय सांसद आजादको ट्विटको विरोधमा नेविसंघद्वारा प्रदर्शन


१ जेष्ठ २०७५, मंगलबार


काठमाडौं– भारतीय सांसद कीर्ति आजादले शुक्रबार गरेको ट्विटको विरोधमा नेविसंघले प्रदर्शन गरेको छ । ट्विटको विरोधमा त्रिचन्द्र क्याम्पस अगाडि धर्ना र जुलुस प्रदर्शन गरेको नेविसंघले जनाएको छ ।

भाजपा सांसद कीर्ति आजादले शुक्रबार ट्विटमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणलाई जोडेर जनकपुरलाई भारतमा गाभेर मिथिला राज्य बनाउनुपर्ने अभिव्यक्ति दिएका थिए ।

विरोध प्रदर्शनका कारण केही समय रत्नपार्क आसपासको सवारी आवागमन प्रभावित भएको थियो ।

प्रतिक्रिया दिनुहोस