१४ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युत् शर्ट भई आगलागी हुँदा सातलाख क्षति

अ+ अ-

कञ्चनपुर । हावाहुरीका कारण कञ्चनपुरका छुट्टाछुट्टै चार ठाउँमा विद्युत् शर्ट भई आगलागी हुँदा झण्डै सात लाख भन्दा बढी मूल्यका घरपालुवा जनावर र कुखुरा जलेर मरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीका अनुसार पुनर्वास नगरपालीका बलभद्रबस्तीका शुक्र तामाङको गोठमा आइतबार आगलागी हुँदा गोठमा बाँधिएका चारवटा बाख्रा र खोरमा राखिएका २० वटा स्थानीय जातका कुखुरा जलेर मरेका छन् ।

हावाहुरीका कारण विद्युत् सर्ट हुँदा गोठमा अगालागी भएको हो । बाख्रासँगै गोठ पूरै जलेको प्रहरी नायब उपरीक्षक सेटीले बताए ।

विद्युत् सर्ट भएर कुखुरा फार्ममा आगलागी हुँदा बेलडाँडी गाउँपालिका–२ का प्रेम रानाका फार्ममा राखिएका ४०० कुखुराका चल्ला जलेर मरेका छन् । फार्म पूरै जलेर नष्ट भएको छ ।

यसैगरी, बेलडाँडी–१ का धना कुँवरको कच्ची गोठमा आगलागी हुँदा दुईवटा गाईका बाच्छा जलेर मरेका छन् । लालझाडी गाउँपालिका–४ का गंगा बोहराको गोठमा आगलागी हुँदा एक भैँसी र दुई बाख्राको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । चारवटै ठाउँमा आइतबार हावाहुरी आएका बेला आगलागी भएको बताइएको छ ।

हावाहुरीले दर्जनौँ स्थानीय बासिन्दाका घर, विद्यालयलगायतका छानासमेत उडाएर नोक्सानी गरेको छ । स्थानीय किसानले लगाएको केराखेतीमा समेत हावाहुरीले नोक्सानी पु¥याएको छ । रासस

प्रतिक्रिया दिनुहोस