प्रहरीमाथि आक्रमण गरी विप्लप समूहले कार्यकर्ता छुटायो « प्रशासन
prasaLogo
१४ श्रावण २०७८, बिहिबार
   

प्रहरीमाथि आक्रमण गरी विप्लप समूहले कार्यकर्ता छुटायो


३१ बैशाख २०७५, सोमबार


डोल्पा । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीले प्रहरीको स्कर्टिङ टोलीमाथि आक्रमण गरी नेपाल बन्दका क्रममा पक्राउ परेका कार्यकर्तालाई छुटाएको छ ।

नेपाल बन्दका क्रममा बजार बन्द गराउँदै हिँडेको अवस्थामा प्रहरीले आइतबार जिल्ला सदस्य सागर शाहीलाई पक्राउ गरेको थियो ।

शाहीलाई जिल्ला प्रहरी कार्यालय ल्याउँदै अवस्थामा ठूलीभेरी नगरपालिका–९ स्थित भेत्तिडाँडोमा माओवादी जिल्ला इन्चार्ज अजित विष्टको नेतृत्वको पाँच जनाको समूहले स्कर्टिङ टोलीमाथि आक्रमण गरी कार्यकर्तालाई छुटाएर लगेको प्रहरी नायब उपरीक्षक हरिप्रसाद शर्माले बताए ।

आक्रमणबाट प्रहरी हवल्दार धनसिं कठायत र प्रहरी जवान जयलाल बस्नेतलाई सामान्य चोट लागेको बताइएको छ ।

आक्रमणकारीलाई पक्राउ गर्न त्रिपुराकोट जुफाल, कालागौडा र दुनैबाट ३५ प्रहरी परिचालन गरिएको पनि शर्माले जानकारी दिए ।

नेपाल बन्दका क्रममा पक्राउ परेको नेकपाका विवश शाही र दिनेश सिंहलाई भने प्रहरीले आइतबार साँझ नै छोडेको थियो ।

प्रतिक्रिया दिनुहोस